रुख कटहर हाम्रो स्वास्थ्यका लागि फाइदाजनक फल हो । गुलियो स्वाद हुने रुखकटहरमा प्रशस्त पोषक तत्व हुन्छ ।
यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन, जिंक लगायतका विभिन्न तत्वहरु पाइन्छ । रुख कटहरको फल मात्र नभई बियाँमा पनि उत्तिकै पौष्टिक पाइन्छ ।
पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमालेर सेलाएर पिउनु राम्रो हुन्छ । प्रशस्त मात्रा भिटामिन पाइने रुखकटहर मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ। रुखकटहरमा पोटासियम पाइन्छ, जुने मुटुरोगीका लागि फाइदाजनक पनि छ ।
यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ । रक्तचाप कम गराउँछ । रुख कटहरको जरा दमको रोगीका लागि फाइदाजनक छ । थाइराइड रोगीले पनि यो खानु फाइदाजनक हुन्छ ।
0 Comments